दफा २४
सेवा बन्द गर्न सक्ने
(१) काबुबाहिरको परिस्थिति उत्पन्न भई खानेपानी सेवा प्रणालीबाट उपलव्ध गराइरहेको खानेपानीको गुणस्तर कायम रहन नसक्ने भएमा वा सेवाको स्तरमा असर पर्ने भएमा वा सेवा बन्द गर्नु पर्ने भएमा त्यस्तो सेवा सुचारु हुन लाग्ने अनुमानित .समय समेत उल्लेख गरी अनुमतिपत्र प्राप्त संस्थाले उपभोक्तालाई उपयुक्त माध्यमबाट सो कुराको पूर्वसूचना दिई सेवा बन्द गर्न सक्नेछ।
(२) अनुमतिपत्र प्राप्त संस्थाले उपदफा (१) बमोजिम आफ्नो सेवा क्षेत्रभित्र खानेपानी सेवा बन्द गरेमा त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई स्वच्छ तथा गुणस्तरयुक्त खानेपानी उपलब्ध गराउनु पर्नेछ।
(३) काबुबाहिरको परिस्थति उत्पन्न भई ढल निकास प्रणालीबाट विसर्जन भइरहेको फोहोरपानीको व्यवस्थापन गर्न नसक्ने भएमा त्यस्तो सेवा सुचारु हुन लाग्ने अनुमानित समय समेत उल्लेख गरी अनुमतिपत्र प्राप्त संस्थाले सार्वजनिक सूचना प्रकाशन गरी यथासम्भव छिटो त्यस्तो फोहोरपानीको उचित व्यवस्थापन गर्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिम फोहोरपानीको व्यवस्थापन नभएसम्मका लागि सोको वैकल्पिक व्यवस्था गर्नु पर्नेछ ।
(५) उपदफा (१) बमोजिम आफ्नो सेवा क्षेत्रभित्र अनुमतिपत्र प्राप्त संस्थाले आफूले, उपलब्ध गराएको समयतालिका बमोजिम नियमितरुपमा खानेपानी वितरण गर्न नसकेमा त्यसरी खानेपानी वितरण गर्न नसकेको अवधिको र उपदफा (३) बमोजिम ढल निकास प्रणालीबाट विसर्जन भइरहेको फोहोरपानीको व्यवस्थापन गर्न नसकेको अवधिको शुल्क वा महसुल लिन पाउने छैन।
(६) निर्धारित समयमा महसुल नबुझाउने वा सेवाको दुरुपयोग गर्ने वा सेवा उपयोग गर्दा पालना गर्नुपर्ने शर्तको उल्लङ्घन गर्ने उपभोक्ताको सेवा अनुमतिपत्र प्राप्त संस्थाले पूर्व सूचना दिई बन्द गर्न सक्नेछ।
(७) उपदफा (६) बमोजिम सेवा बन्द गरिएकोमा सम्बन्धित उपभोक्ताले महसुल बुझाई सेवा सुचारु गरिदिन निवेदन दिएमा अनुमतिपत्र प्राप्त संस्थाले तोकिएको शुल्क लिई बन्द भएको सेवा सुचारु गरिदिनु पर्नेछ र उपभोक्ताको कारणले कुनै (हानि: नोक्सानी भएको पाइएमा सम्बन्धित उपभोक्ताबाट त्यस्तो हानि नोक्सानी भएको रकम भराई लिन सक्नेछ।